नरेश गुप्ता
बरियारपुर,नेशनल प्याब्सन बाराले बाल दिवसको उपलक्षयमा जिल्ला स्तरीय वकृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहाको अध्यक्षतामा शनिबार कलैयामा बसेको बैठकले बाल दिवसको अवसरमा आगामी भाद्र २९ गते जिल्लाका आधारभूत तहका विद्यालयका बालबालिकाहरुको लागि वकृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
प्रतियोगिता सिमरास्थिते लोटस एकेडेमीमा गर्ने निर्णय भएको छ । त्यसैगरी माध्यमिक तहका संस्थागत विद्यालयका छात्रछात्राको लागि भाद्र ३० गते कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित मनकामना सकेण्डरी स्कुलमा प्रतियोगिता आयोजना गर्ने निर्णय भएको एन प्याब्सन बाराका अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो । बैठकमा नेशनल प्याब्सनका केन्द्रीय सद्स्य चन्द्रिका गुप्ता, जिल्ला कोषाध्यक्ष पुनदेव चौधरी, उपाध्यक्ष सुमोध सरार्पm, ससचिव बसन्त घिमिरे, जिल्ला सद्स्य रुपेन्द्र कुशवाहा लगायतको सहभागिता रहेको थियो ।