रौतहट,रौतहटको चन्द्रनिगाहपुर– गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका– ८ जिगडियाचोकमा शुक्रवार साँझ पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।गरुडाबाट चपुरतर्फ आउँदै गरेको बिआर३०यु ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका– २ का ४० वर्षीय दीनानाथ साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
साहको उपचारका क्रममा बेटर नेपाल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

मोटरसाइकलको पछाडि सवार गरुडा–८ का २५ वर्षीय शम्भु साहको दाहिने खुट्टा र बायाँ हातमा चोट लागेको छ । उनको गरुडास्थित अनामिका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप भ्यानका चालक फरार छन् ।

Leave a Reply