राजन कुमार बानिया

पोखरिया १० असोज,पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नेकपा एमालेको आइतबार वडा स्तरीय भेला सम्पन्न भएको छ ।

नेकपा एमाले पोखरिया नगर कमिटीको आयोजनामा वडा नं २ लमरियामा वडा स्तरीय भेला सम्पन्न भएको हो । भेलाले ३७ सदस्यीय पार्टी वडा कमिटी, २३ सदस्यीय किसान संगठन, १५ सदस्यीय दलित कमिटी, १० सदस्यीय मुस्लिम कमिटी र २४ सदस्यीय महिला कमिटी गठन भएको छ ।

नगरपालिका अध्यक्ष भगवान कुर्मीको अध्यक्षता तथा पार्टीको पर्सा जिल्ला अध्यक्ष प्रभु हजारको प्रमुख आतिथ्यता एवं सबिधानसभा सदस्य राजकुमार गुप्ता तथा अर्का सविधान सभासदस्य प्रधुमन चौहानको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रभु हजराले परमादेशी सरकारले जनताको कामकाज गर्न नसकेकोले यो सरकारको कुनै काम नभएको बताउनुभयो । आउँदो चुनावमा नेकपा एमालेलाई अत्याधिक बहुमतका साथ बिजयी गराई सम्वृद्ध नेपाल, सुखी नेपालीको यात्रा साकार पार्न आग्रह गर्नु भयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सविधान सभा सदस्य राजकुमार गुप्ताले आफैले बोलेको कुरा आफैले बुझ्न नसक्ने प्रधानमन्त्री देउवासंग देश र जनताले कुनै अपेक्षा गर्न नहुने बताउनुभयो । यति धेरै वर्ष देशमा शासन चलाएर पनि नेपाली काँग्रेसले आफ्नो घरबार बाहेक अरू जनताको लागि केही नगरेको नेता गुप्ताले बताउनुभयो ।

नेकपा एमालले जेष्ठ नागरिकहरुको लागि वृद्ध भत्ता, युवाहरुको लागि युवा स्वरोजगार योजना, गरीब विपन्न परिवारको लागि जनता आवास कार्यक्रम चलाएको भन्दै नेता गुप्ताले एमाले जनताका पार्टी भएको पनि बताउनुभयो ।

कार्यक्रममा पूर्वसांसद प्रधुमन् चौहान, नेता विधाचल ठाकुर, हनिफ मियाँ, अखलेस साह लगायतका नेताहरुले बोल्नु भएको थियो । कार्यक्रममा राधा साह कानु, सुनिल कुशवाहा, रामेश्वर चौहान, भरत साह, सुनित साह गोढ, रामअजोध्या राउत लगायतका कार्यकर्ताको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here