निजगढ – जिल्ला ट्राफिक कार्यालय बाराले हिजो सडक दुर्घटना न्युनीकरण गर्ने र उद्देश्यले निजगढस्थित शहिद चोकमा चेतनामुलक पर्चा वितरण गरेको छ । प्रहरीसहित विभिन्न संघसंस्थाको आयोजनामा निजगढमा जारी ट्राफिक सप्ताह अन्तरगत लायन्स क्लवका पदाधिकारी, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी र एनएनबी बैकका कर्मचारीले सडकमा गुडेका सवारी साधनका चालक, यात्रु र पैदल यात्रीलाई पर्चा वितरण गरेका हुन । अभियान अन्तरगत शुक्रबार निजगढ नगरपाकिालका जनप्रतिनिधि, स्थानयि टेम्पु चालक र समाजसेवीहरुलाई पनि ट्राफिक शिक्षा संम्बन्धि तालिम प्रदान गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछानेलगायत जनप्रतिनिधि, निजगढका टेम्पु चालक, नगरपालिकाका कर्मचारी र स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख खनालले सडक दुर्घटनाबाट जोगिन ट्राफिक शिक्षा सबैको लागि आवश्यक भएको बताउनुभयो । कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले तयार पारिएको सन्देशमुलक वृत्तचित्रसमेत प्रस्तुत गर्नुभएको थियो ।
गत मगंलबारबाट शुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत यसअघि नगरभित्रका विभिन्न विद्यालयमा पुगेर प्रहरीले छात्रछात्रा तथा शिक्षकहरुलाई पनि ट्राफिक शिक्षा प्रदान गरेको जिल्ला ट्राफिक कार्यालय बाराका प्रमुख सुरेश थापाले जानकारी दिनुभयो । जिल्ला ट्राफिक कार्यलय बारा, इलाका प्रहरी कार्यलय निजगढ, एनएमबि बैंक निजगढ शाखा, लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको आयोजनामा दुर्घटना न्युनीकरणको लािग ट्राफिक चेतना अभिवृद्धिको लागि सप्ताहाव्यापी कार्यक्रम शुरु गरिएको हो ।