पुष्पराज खतिवडा
काठामाण्डौं – नवगायक सुनील त्यातले ‘बुलेट बाइक’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतसँगै नेपाली सांगीतिक क्षेत्रमा सुनीलले आगमन गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का सुनीललाई गीतमा अस्मिता अधिकारीले साथ दिएकी छन् । ‘बुलेट बाइक’ बोलको गीतको भिडियो दुई हप्ता अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
छोटो समयमै श्रोता दर्शकबाट निकै रुचाईको समेत छ । गीत सुनील आफैंले लेखेका हुन् भने संगीत पनि उनैको रहेको छ । टंक बुढाथोकीले गीतको एरेन्ज गरेका छन् । ‘बुलेट बाइक’ गीतको भिडियोको निर्देशन एरेन्जर बुढाथोकीले गरेको गायक सुनीलले बताए । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोको सम्पादन नविन निरौलाले गरेका छन् भने कोरियोग्राफी जोसिफ जोएलको रहेको छ । गीतको भिडियोमा नायक सलोन बस्नेत र मोडल बिना राउतको अभिनय रहेको छ ।
भिडियाेकाे लागि https://www.youtube.com/watch?v=2YAw1m1ytCY