नरेश गुप्ता
बिरयारपुर – ट्राफिक पोष्ट कलैया बाराले सवारी दुर्घटना न्यूनीकरण गर्न चालकसंग १ मिनेट कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । ट्राफिक प्रहरी नायब निरीक्षक सुरेश कुमार यादवको अगुवाईमा रहेको ट्राफिकहरुले कलैयाको भरत चौक स्थित सवारीसाधन रोकि चालकलाई १ मिनेट ट्राफिक नियमको बिषयमा निर्देशन दिइएको हो ।
तिब्र गतिमा सवारीसाधन नचलाउन , मोटरसाइकलमा तीन जना नचढाउन , मादक पदार्थ सेवन गरि सवारीसाधन नचलाउन प्रती सवारी चालकसित १ मिनेट समय लिइ निर्देशन दिइएको ट्राफिक पोष्ट कलैयाको ट्राफिक नायब निरीक्षक सुरेश कुमार यादवले बताए । हुलाकी राजमार्गमा बढदो सवारी दुर्घटना न्यूनीकरण गर्न उदेश्यले चालकसित १ मिनेट कार्यक्रम गरिएको ट्राफिक हवल्दार मनोज प्रसाद साहले सुनाए ।
बाराको कलैयामा अव्यवस्थित सवारीसाधनलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरी ठाउँ ठाउँमा परिचालन गरिएको यादवले जानकारी दिए । चालकसंग १ मिनेट कार्यक्रम प्रभावकारी बनाउन ट्राफिक प्रहरी महाबिर यादव , ट्राफिक हवल्दार मनोज प्रसाद साह खटाएको र ५० वटा सवारीसाधनको चालक सित १ मिनेट कार्यक्रम सम्पन्न भएको ट्राफिक नायब निरीक्षक सुरेश कुमार यादवले जनाए ।