आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकामा ‘सिम्रौनगढ विकास एव सुशासन’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सिम्रौनगढ नगरपालिकाको सभा कक्षमा जनमत पार्टी सिम्रौनगढले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नागरिक समाज सिम्रौनगढका संयोजक अरबिन्द कुशवाहा, वीरबहादुर कुशवाहा, मोहन अग्रहरी, उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहा, एकिकृत समाजवादीका रमेश पन्जाली तथा नवलकिशोर पटेल, जनमत पार्टी विद्यार्थी संघ बाराका संयोजक सन्जय साह, सन्तोष पटेल, आर के राईटर, नितु कर्ण, हरेन्द्र यादवलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नागरिक समाजका अरबिन्द कुशवाहा, वीरबहादुर, हरेन्द्र यादब, रानेश्वर मेहता, सुजित कुशवाहा , सन्जय साह, सन्तोष पटेल, नवलकिशोर पटेल लगायतले सिम्रौनगढको विकासमा गर्नुपर्ने कामहरुको बारेमा आआफ्नो विचार राखेका थिए ।त्यसैगरी सिम्रौनगढ नागरिक समाज र नेपाल उद्योग वाणिज्य संघ सिम्रौनगढको आयोजना अगामी भदौ १५ गते शनिवार नगर प्रमुख किशोरीप्रसाद जयसवाल, उपप्रमुख खातुन तथा वडा अध्यक्षहरुको सहभागितमा सिम्रौनगढ नगरपालिकाको विकासको विभिन्न पक्षको बारेमा छलफल गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम पनि गरिने निर्णय भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरको शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पर्यटन लगायत विषयमा छलफल हुने बताइएको छ


















