नरेश गुप्ता
बरियारपुर –  शक्ति  पिठ गढीमाईमा मकर सक्रान्तिको अवसरमा लाग्ने मेलाको जिम्मेवारी  पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समितीलाई नै दिइएको छ ।  बाराको महागढीमाई नगरपालिका २ बरियारपुरमा बुधबार  स्थानिय तह ,सुरक्षा निकाए ,मुल समिती तथा मन्दिर बिकास  समितिको बसेको छलफलबाट मकर सक्रान्तिको मेलाको जिम्मेवारी  मुल समितिलाई दिइएको हो ।
मकर सक्रान्तिमा माघ १ गते गढीमाईमा ठूलो मेला लाग्ने गरेकोले मेलाको ब्यवस्थापन र शान्ती सुरक्षाको लागि थप नेपाल  प्रहरी  , शस्त्र प्रहरी  र ट्राफिक ब्यवस्थापनको लागि ट्राफिक  प्रहरी  परिचालन गर्ने बाराको प्रमुख जिल्ल अधिकारी फणीन्द्र मणि पोख्रेलले बताउनु भयो ।
मकर सक्रान्तिमा पनि गढीमाईमा यश बर्ष छुटेको बलि चढाईने भएकोले श्रद्धालु भक्तजनको भिडभाड निकै बढ्ने त्यसको ब्यवस्थापनको लागि मुल समितिलाई जिम्मेवारी दिइएको  छ । मकर सक्रान्तिमा गढीमाई मन्दिरमा आउने  पसलहरु र मनोरञ्जनको साधनको लागि नि: शुल्क जग्गा ब्यवस्थापन  उपलब्ध गराईने मुल ब्यवस्थापन समितिले जनाएको छ ।
श्रद्धालु भक्तजनको लागि विश्राम स्थल , खानेपानी , बिजुली बति , शौचालयको पनि उचित ब्यवस्थापन गरिएको मुल ब्यवस्थापन  समितिको महासचिव मोतिलाल कुशवाहाले बताए ।  पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन  मुल समितिको अध्यक्ष सुदामा साह कानु लाई नै संयोजक रहने गरि पुन : सो समितिलाई जिम्मेवारी  दिएको छ ।
समपन बैठकले पंचबर्षिय गढीमाई मेलाको आम्दानी र खर्च समेत सार्वजनिकरण गर्न  मुल समितिलाई निर्देशन  दिईएको बाराको प्रमुख जिल्ला अधिकारीले  फणीन्द्र  मणि पोख्रेलले बताउनु भयो ।

Leave a Reply