कृपा संवाददाता
जनकपुरधाम –  मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अभैm न्याय पाउन नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार जनकपुरमा आयोजित पीडित तथा सरोकारबालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । बेपत्ता पारिएको व्यक्तीको छानविन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

 

 

 

 

 

प्रदेश २ मा रहेको १ सय ९६ बेपत्ता परिवारको न्यायको लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले थप्नुभयो । बेपत्ता परिवारको समस्यालाई अव नबल्झाऔ, उहाँले भन्नुभयो–चाँडो भन्दा चाँडो निक्र्यौलमा पुर्याऔं । परिवारका सदस्य गुमाएकाहरुको पीडा कम गर्नको लागि पनि न्याय दिनुपर्ने तर्क उहाँले गर्नुभयो । बेपत्ता पारिएको व्यक्तीको छानविन आयोगका आयुक्त युवराज सुवेदीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

 

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, आयोगका सहसचिव इश्वरी प्रसाद ढकाल, सदस्य सुनिलरंजन सिंह लगायतले आ आफनो धारणा राख्नुभएको थियो । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै साँश कि लाश दिनुपर्ने माग गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here