कृष्णउदास खनाल
भच्चेक, गोरखाको अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष पदका उम्मेदवार बावुराम अधिकारी राजनीतिदेखि कृषि क्षेत्रमा समेत अब्बल ब्यक्ति भएको वडावासीले बताएका छन् । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार अधिकारीले माओवादीका तर्फबाट अधयक्ष पदमा उम्मेदवारी दिएका हुन् । साविकको हंसपुर गाविसको काफलडाँडा निवासी अधिकारी नेकपा माओवादीमा शुरुबाट नै आवद्ध रहेका थिए । माओवादी केन्द्र्र वडा नम्बर ३ का अध्यक्ष समेत रहेका अधिकारीको परिवारले महान जनयुद्धका समयमा पनि पार्टीलाई सहयोग गरेको उनी निकटका ब्यक्तिहरुले बताएका छन् । उनको घर पार्टीले सेल्टरको रुपमा प्रयोग गर्दै आएको र उनको घर परिवार कम्यूनिष्ट बिचारमा स्पष्टदरहेको माओवादी जनयुद्धका क्रममा सो घरमा धेरै पटक सेल्टरको रुपमा प्रयोग गरेको माओवादी नेताहरुले बताएका छन् । काठमाडौं पार्टीमा जोडिएर लामो समय काम गरेका अधिकारी कुशल पशु पालक समेत हुन् । उनले बिगत केही बर्षदेखि बाख्रा पालन गरेर पशु पालनको क्षेत्रमा योगदान गरिरहेका छन् । शिक्षित युवाले कृषिमा काम गर्न हुन्न भन्ने भ्रम अन्य गर्नका लागि र सबैलाई उत्पादनसंग जोड्नका लागि आफूले उम्मेदवार्री दिएको अधिकारीको तर्क छ । अधिकारीले आफू वडा अध्यक्षमा बिजयी भएपछि यस क्षेत्रमा कृषिमा देखिएको यावत समस्याालाई बैज्ञमनिक ढंगबाट समाधान गर्नुका साथै सडक र बत्ती तथा खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले आहा हंसपुर बनाउने लक्ष्य रहेको सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here