मनोज साह
जीतपुर,बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरिया जमुनिया हुँदै इनर्वा जाने सडकको ढलान कार्य सुरुवात भएको छ ।मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले धार्मिक विधि अनुसार पूजा गरी सडक ढलानको सुरुवात गर्नु भएको हो । गाउँमा पक्की सडक निर्माण हुने भएपछि सो भेगलगायत बारा क्षेत्र ४ (क) का बासिन्दाहरु निकै उत्साहित देखिएका छन् । सो सडक निर्माणबाट जमुनिया, बन्जरिया, इनर्वा लगायतका गाउँका बासिन्दालाई सदरमुकाम कलैया र जीतपुर बजार आवतजावत गर्न सहज हुने भएकोले सडकको ढलान गरेको मधेस प्रदेश सदस्य चौधरीले बताउनुभयो ।

मधेस प्रदेशको योजना अन्तर्गत रु. २५ लाखको बजेटबाट सडक ढलान शुरु भएको हो ।उद्धाटन कार्यक्रममा प्रसौनी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष इस्लाम मन्सुर, नेकपा एमाले नेता सुनिल पाल, महेश बिक, सनमकुमार राउत, नन्दलाल प्रसाद, रामकलिया चमैन लगायत स्थानीय व्यक्तिहरुको समेत उपस्थिति रहेको प्रदेश सभा सदस्य चौधरीका स्वकीय सचिव रविन्द्र प्याकुरेलले जानकारी दिनुभयो ।

Leave a Reply