बिदुर खडका
डुमरवाना – सत्तासिन कम्युनिष्ट पार्टी भित्र सैद्धान्तिक स्खलन आएको भनि सर्बत्र आलोचना भईरहेको बेला नेपालमा कम्युनिष्टका संस्थापक तथा बयोबृद्ध नेता नन्दन अर्यालले कम्युनिष्ट पार्टीका नेताहरुमा राजनितिक परिर्वतन भन्दा नि साँस्कृतिक परिवर्तन हुनु पर्ने जनाएका छन् ।

 

 

 

 

माक्र्सबादी लेलिन बादी अध्यान केन्द्रको भेलालाई संम्बोधन गर्दै अर्यालले उक्त धारणा राखेका हुन् । ईश्वोर ढुगेल र कर्ण थापाको संयोजकत्वमा अध्यान केन्द्र बाराको स्थापना गरिएको छ । ७८ बसन्त पार गरेका अर्यालले हालका कम्युनिष्ट नेताहरु कम्युनिष्ट चरित्र नभएको कारण उनिहरुको रहनसहन सामान्ती शैली देखिएको दाबि गरेका हुन् ।
मानिस कम्युनिष्ट हुन द्धन्दात्मक भौतिक बाद मान्नपर्ने कम्युनिष्ट घोषणा पत्रअनुसार चल्नु पर्ने हुन्छ तर अहिलेका कम्युनिष्टहरुमा प्रतिकृयाबादी सिक्षा र सामान्तबादी साँस्कृतिकलाई अंगालेको करण उनिहरुलाई कम्युनिष्ट भन्न नहुने जिकिर गर्नुभएको हो ।

 

 

 

 

ईतिहासकालमा चिनका नेता माऔ सेत्तुङ्गसंग सहकार्य गरेका अर्याल हालका कम्युनिष्ट नेता कार्यकार्ताहरुमा साईन बोर्ड कम्युनिष्ट र ब्यवहारमा प्रतिकृयाबादी रहेको जनाउनुभएको छ । अर्याललाई बुलेट र बाईलेटबाट आएको कम्युनिष्टहरु किन सच्चा कम्युनिष्ट हुन सकेनन भनि जिज्ञासामा कम्युनिष्टहरु जुनसुकै प्रकारबाट सत्ता प्राप्त गरेपनि आफुमा परिवर्तन हुन सकेन भने प्रतिकृयाबादी भाषामा जाने दाबि छ । बुलेट र बाईलेटबाट आएका हालका सत्तासिन कम्युनिष्ट पार्टीमा पनि साँस्कृतिक स्खलन आएको कारण जनताले सास्ति खेप्नु परेको उनको दाबि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here