राजन कुमार बानिया
पोखरिया – प्रहरीले पर्साका विभिन्न स्थानबाट विधुत चोरी गर्ने १६ जनालाई पक्राउ गरेको छ । विधुत हुकिंग गरि चोरी गरिरहेको अवस्थामा पर्साको पोखरिया नगरपालिका , जगरनाथपुर , धोबिनी , छिपहरमाई र कालिकामाई गाउँपालिकाको विभिन्न स्थानबाट बिहिबार राती उनीहरुलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा , ईलाका प्रहरी कार्यालय पोखरिया र विधुत प्राधिकरण पोखरियाको संयुक्त टोलीले पक्राउ गरेका छन् । विधुतको तारमा हुकिंग लगाई विधुत चोरी गरी प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई कानुन बमोजिम आवश्यक कार्वाही र दण्ड जरिवाना गरिने ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जनाएका छन् ।