काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा घरेलु टोली फ्रान्स र जापानले लगातार दोस्रो जित हात पारेको छ ।समूह ए मा रहेको आयोजक फ्रान्सले गएराति गुएनालाई १–० ले पराजित गरेको हो । फ्रान्सका लागि कलिन सिलडिल्लाआले ७६ औं मिनेटमा निर्णायक गोल गरे ।लगातार दोस्रो जितपछि दुई खेलबाट ६ अंक जोडेर फ्रान्स शीर्ष स्थानमा छ र नकआउट चरण नजिक पुगेको छ । फ्रान्सले अन्तिम खेलमा न्युजिल्याण्डसँग खेल्नेछ र उक्त खेलमा बराबरी मात्र खेले पनि फ्रान्स समूह विजेता बन्नेछ ।