नेकपा माओवादीले संचालन गरेको सशस्त्र संघर्ष भन्दा अगाडि नेपालमा समानुपातिक निर्वाचन प्रर्णाली थिएन । यसो भनौं २०६३ सालको अन्तरिम संबिधान बन्नु अघि नेपालमा समानुपातिक निर्वाचन प्रर्णाएली थिएन तर जब माओवादी शान्ति प्रकृयामा आयो र उसको सहभागितामा समेत अन्तरिक संबिधान बन्यो अनि समानुपातिक निर्वाचन प्रर्णाली लागू भयो र यो प्रर्णाली अहिलेसम्म पनि चल्दै छ ।
तर,नेपालको सवालमा भने समानुपातिक निर्वाचन प्रर्णालीमा भने एकदमै बिकृति देखिएको छ । समानुपातिक निर्वाचन प्रर्णाली त दलहरुमा लागि आफ्नो मान्छे सेटिंग गर्ने गतिलो साधन भएको छ । अब समानुपातिक निर्वाचन प्रर्णाली खारेजको कुरा उठाउनु पर्दछ तर यसमा सबै दलहरु चुकेका छन् ।
शनिबार मात्रै छानिएका नया बाहेकका दलहरुको लिष्ट हेर्ने हो भने अधिकांश पुराना अनि पटक पटक अवसर पाएका मात्र छन् । तर समानुपातिक निर्वाचन प्रर्णाली भएपनि जनताको भन्दा नेतृत्वको चाकडी गरेर हुने भएकाले यो प्रर्णालीको अब औचित्य धेरै राख्न आवश्यक छ । नया दलहरु समेत यो खेलमा रमाएका कारण अब यसको मुद्दा त उठ्न संभावना छैन तर यो भित्रको बिकृतिका कारण अब यो खारेज हुन आवश्यक देखिएको छ ।














