कृपा संवाददाता
चिउटाहा – सिमा सुरक्षा प्रहरीले चेकजाँचको क्रममा नक्कली नोट सहित एक भारतियलाई पक्राउ गरेको छ । बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ६ पटेर्वामा मंगलबार चेकजाँचको क्रममा एक लाख नेपाली नक्कली नोट सहित पक्राउ परेको सिमा सुरक्षा प्रहरीले जनाएको छ ।
उनी सवार रहेको बिआर ०६ जेड ७१०९ नम्बरको हिरो होण्डा स्प्लेनडर मोटरसाईकलमा चेकजाँच गर्दा पक्राउ परेको हो । पक्राउ पर्नेमा भारतको पुर्वी चम्पारण मोतिहारी बस्ने २१ वर्षिय पप्पु कुशवाहा रहेको सिमा सुरक्षा प्रहरी सिम्रौनगढका प्रहरी निरीक्षक कबिर मल्लले जानकारी दिए ।
पक्राउ परेका कुशवाहालाई चेकजाँच गर्दा पाँच सयको चौतिस वटा र एक हजारको तिरासि वटा नक्कली नोट रहेको सिमा सुरक्षा प्रहरी सिम्रौनगढका प्रहरी निरीक्षक मल्लले बताए । पक्राउ परेको कुशवाहालाई नियन्त्रणमा लिई विशेष अनुसंधान गरीरहेको जनाए ।