कृष्ण मोहन साह

सेढवा –  पर्साको जीराभवानी गाउँपालिकाकाे वडा नम्बर १ महादेवपटटीका वृद्ध एक दम्पती , अहिले सम्म पनि नागरिकता पाउनबाट बञ्चित भएका छन् । ५० बर्षभन्दा बढी समयदेखि महादेवपट्टीमा बसोवास गर्दै आएका ७५ बर्षीय बागड महरा चमार र उहाँकी ७० बर्षीया श्रीमतीले अहिले सम्म पनि नागरिकता पाउनु भएको छैन । सन्तान कोही पनि नभएका दलित दम्पत्तीको जायजेथा पनि केही नभएकोले गाउँमा स्थानीयको सहयोगको भरमा गुजारा चलाईरहेका दुवै जनाले अहिले सम्म नागरिकता नपाउँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित भएको स्थानीय समाजसेवी ग्यासुदिन मियाले बताए ।

 

 

 

 

 

धेरै बर्ष देखि बस्दै आएका दम्पतीको कोही पनि सहारा नभएकोले अहिले सम्म उहाँहरु नेपाली नागरिक हुन नसकेको जीराभवानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शेष नुमान हिजोमले जानकारी दिए । नागरिकता विहिन दलित विपन्न दम्पत्तीले २०६३ सालमा आएको नागरिकता वितरण टोलीसँग पनि नागरिकता लिन नपाएको वडा अध्यक्ष आजमले सुनाए । नागरिकता वितरण गर्ने टोली आउने बेला बागड महरा चमार दम्पती , दमको रोग उपचार गराउन भारत गएकोले त्यतिबेला नागरिकता बनाउन छुटेको आजमले जनाए ।

 

 

 

 

 

स्थानीयले पनि नागरिकता बनाउनको लागि सर्जमिन मुचुल्का नगरि दिदा नागरिकता बनाउनका लागि वडा कार्यालयबाट पनि सिफारिस गर्न समस्या भएको वडा अध्यक्ष आजमले जनाए ।

Leave a Reply