अनिल तिवारी
सिमरा – ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले ८४ औं माहाशिवरात्रि पर्वको पावन उपलक्ष्यमा प्रवचन तथा ¥याली कार्यक्रमको आयोजना गरेको छ । शिवरात्रिको पावन अवसरमा सबैमा शिवको ज्ञानका साथै यस पर्वको शभकामना दिन केन्द्रले यो कार्यक्रमको आयोजना गरेको हो । 

 

 

 

 

 

 

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य किसान श्रेष्ठले अध्यात्मले मनको शान्ति दिने र यस कार्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गरेको कार्य सराहनिय रहेको बताउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको श्रेष्ठले आफु विकासको गतिमा अगाडी बढ्ने सोच भएकोले विकासका कार्यलाई गति दिन आफु सधै तत्पर रहेको जानकारी गराउनुभएको थियो ।

 

 

 

 

 

 

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी संचालिका ब्रह्माकुमारी मधु दिदिको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ, प्रदेश सभा सदस्य सोभा लामा, जितपुरसिमरा उपमाहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेडाई, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जग्गनाथ धिमिरे, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोबिन्द पुरी, सिमरा खानेपानीका उपाध्यक्ष कृष्ण रिमाल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान अधिकृत दिपक चौधरी, बरिष्ठ समाजसेवी राजाराम साह, समाजसेवी मदन बहादुर क्षेत्री, लगाएतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

प्रमेश्वर भाईजीकाृ सहजीकरणमा सम्पन्न यस कार्यक्रममा स्वागत मन्तब्य ब्रह्मकुमारी ममता दिदिले राख्नु भएको थियो । औपचारीक कार्यक्रम पश्चात केन्द्रले चौतन्य झाकी निकाली सिमरा नगरको परिक्रमा गर्दै औराहा सेवा केन्द्रमा लगेर समापन गरेको ब्रह्माकुमार सन्तोष भाइ जीले जानकारी दिनुभयो ।

Leave a Reply