बसन्त लामा
सिंगौल,निजगढ नगरभित्रमा पर्ने बकैया, धन्सार, लाल, भक्तलाल र शक्ति खोलाको ढुङ्ग, गिटी र बालुवा उत्खनन एंवम संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सोमवार सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ ।प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने जिम्मा पाएको पपुलर इभारेमेन्टल सर्भिस प्रालि काठमाण्डौंले सोमवार बिहान निजगढ वडा नम्बर ४ वडा कार्यालय पुरानो निजगढ, दिउसो वडा नम्बर १ वडा कार्यालय सिंगौल र वडा नम्बर १० को वडा कार्यालय भवन परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।पपुलर इभारेमेन्टल सर्भिस प्रालि काठमाण्डौंले नगरको बकैया, धन्सार, लाल, भक्तलाल र शक्ति खोलाको स्थानको गिटी, बालुवा र ढुङ्गा उत्खनन र बिक्रीको लागि आइइ गर्न लागेको हो ।कार्यक्रममा निजगढ नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, वडा नम्बर ४ का वडा अध्यक्ष बिसन सापकोटा, वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा नम्बर ११ का सहैया गुरो, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले लगायत विभिन्न संघ संस्थामा प्रतिनिधिहरुले आइइ रिपोर्टमा समावेश हुनुपर्ने विषयहरुको बारेमा सुझाव दिनुभएको थियो ।