कृपा संवाददाता
बारा –  बाराको सिद्धेश्वरनाथ मन्दिरमा महाशिवरात्रीका अवसरमा विशेष पुजा अर्चाना गरिएको छ । मन्दिरमा शुक्रवार पुजारीहरुले विशेष आरती गरेका छन । भारतको बनारसको आरतीको झझल्को स्वरुप सिद्धेश्वरनाथ मन्दिरमा पनि विशेष आरती गरिएको हो । यस संस्कृत विधालयमा देशका विभिन्न जिल्लाबाट आएका विधार्थीहरु पठन पाठन गर्ने गरेको प्रधानाध्यापक तथा पण्डित छविरमण सुवेदीले बताए । जिल्ला बाहिरका तीस भन्दा बदि विधार्थीहरु छात्रावासमा बस्ने गरेका छन । यीनै विधार्थीहरुले दैनिक मन्दिरमा विहान बेलका विशेष मन्त्र उच्चारण गरि पुजा पाठ गर्ने गरेका छन ।

 

 

 

 

 

 

 

यी विधार्थीहरु मध्ये आठ जनालाई बनारसका गुरुवर्गबाट आरती गर्न विशेष तालिम दिईएको छ । तालिम प्राप्त विधार्थीहरुले मन्दिरमा बनारसको आरतीको अनुभुती दिलाईरहेका छन । हरेक महिनामा दुईवटा प्रदोष पर्ने गरेको समेत पण्डित सुवेदिले बताए । महिनामा पर्ने हरेक प्रदोषमा तालिम प्राप्त विधार्थीहरुले भगवान शिवको विशेष आरती गर्ने गरेका छन । आरती सके पछि विभिन्न दाताहरुले सहयोग गरे वापत प्रसाद समेत बाटने गरेको उनले बताए ।

 

 

 

 

 

 

 

आफनो घरठाउमा भएको शिव मन्दिरमा बनारसको विशाल आरतीको झल्को हेर्दा मन प्रसन्न भएको एक जना स्वास्थ्यकर्मी रमानन्द यादवले बताए । यसलाई नियमीत साथै प्रर्वद्धन गर्न सके बनारस जाने हजारौ भक्तजनहरुलाई लाभ हुने उनले बताए । आफनो धर्म संस्केतिलाई आफै जोगाउन सके शान्ति खोज्न देश विदेश जानु नपर्ने यादवले बताए । मन्दिरमा भएको आरतीमा भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply