नरेश गुप्ता
बरियारपुर –  ८४ औ महाशिवरात्री पर्वको पावन अवसरमा बाराको अधिकास शिवालयहरु शुक्रवार बिहानै देखि पुजापाठ गरिएको छ । फाल्गुन चतुर्दर्शीको दिन महादेवको जन्मोत्सवको रुपमा हरेक बर्ष आजै दिन महाशिवरात्री मनाईने गरिन्छ । भगवान् शिव संग ठूलो आस्था र बिश्वास लिइ महिला , पुरुष र कन्या कुमारिहरु शिवलाई खुशी पार्न दिन भरी चोखो मनले भक्ती र पुजापाठ गरेका छन ।

 

 

 

बिश्वको पालनहार जगत गुरुको रुपमा अनेक नाम शिव , भोलेनाथ , शम्भो , शंकर , हर हर महादेव लगायत अनेक नामले पुकारिने भगवान् शिवको प्रतिमुर्ति भएको ठाउहरुमा जल , बेलपत्र, दूध ,भांग धतुर चढाई आफ्नो परिवारको शुस् ख शान्ति ,दिर्खायुको लागि भगवान् शिवलाई पुजापाठ गरिन्छ ।

 

 

 

 

 

 

 

 

महाशिवरात्री पर्वको अवसरमा बाराको कलैया स्थित रहेको शिदेश्वर महादेव , राम जानकी मठ , बेलपाती मन्दिर , महागढीमाई स्थित शिव पार्वती मन्दिर, सहजनाथ मन्दिर, मझरिया बाबा ,सिमरौनगढ स्थित कंकाली मन्दिर , रानिबास , हरिहरपुर स्थित कामेश्वरनाथ मन्दिर लगायत सबै शिवालयहरुमा बिहानै देखि भगवान् शिवको दर्शन गर्न भक्तजनको भिडभाड लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here