निजगढ,तपोवन सामुदायिक अध्ययन केन्द्र निजगढको आयोजनामा निजगढमा मोवाईल मर्मतसम्बन्धि २ महिने तालिम सोमवारबाट सुरु भएको छ ।

 

गत शनिवार उद्धाटन गरिएको सो तालिमको प्रशिक्षण भने सोमवारबाट सुरु गरिएको हो । निजगढ नगरपालिका वडा नम्बर ८ वडा कार्यालयको आर्थिक सहयोगमा भइरहेको सो तालिममा स्थानीय २० जना युवाहरुको सहभागिता रहेको र उनीहरुलाई हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टाको दरले प्रशिक्षण दिइने तपोवन सामुदायिक अध्ययन केन्द्रकका कार्यक्रम संयोजक कृष्ण खरेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखा भवनको सभाहलमा भइरहेको सो तालिमको निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामाले उद्धाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here