निजगढ,नेकपा एमालेले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट अच्युत मैनालीलाई उम्मेदवार बनाउने भएको छ ।एमालेको आज बसेको सचिवालय कमिटीको बैठकले बारासहित देशभरिबाट उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाएको छ । एमाले स्रोतका अनुसार बारा क्षेत्र नम्बर २ बाट सो पार्टीले बलवीर चौधरी, क्षेत्र नम्बर ३ मा ज्वाला शाह र क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाउने िनर्णय गरेको छ ।एमालेले बारामा क्षेत्रीय कमिटीले सिफारिसमै नपर्नुभएकी ज्वाला साहलाई उम्मेदवार बनाएको हो ।

त्यसैगरी पर्साका ४ क्षेत्र मध्ये २ क्षेत्रमा मात्रै उम्मेदवारहरुको नाममा निर्णय भएको छ । जसअनुसार क्षेत्र नम्बर ३ मा प्रमोद जैसवाल र ४ मा जालिम मियाँ अन्सारीले टिकट पाउनुभएको छ ।पर्साका बाँकी दुई क्षेत्रका उम्मेदवारको नाम भने अध्यक्ष केपी शर्मा ओलीले टुग्याउने गरी निर्णय भएको जनाइएको छ ।त्यस्तै रौतहट क्षेत्र नम्बर १ अजय गुप्ता, २ बाट शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ बाट रामजी शाहलाई उम्मेदवार बनाउने भएको छ ।
फोटो पनि छ ।

Leave a Reply