आर.के.चौधरी
सखुवाप्रर्सौनी,
सबडिभिजन वन कार्यलय रङ्गपुरबाट खटेको वन सुरक्षाकर्मीको टोलीले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ को सिरहीबाट १० क्विफिट बराबरको २ थान सालको गोलिया बरामद गरेको छ । सुराकीको आधारमा गएको वन सुरक्षाकर्मीको टोलीले शुक्रबार बिहान ९ बजे छापामारी गरी काठ बरामद गरेको हो । त्र
लकडाउनको मौका छोपेर तस्करहरुले चोरी कटान गरी ल्याएको सो काठ वन क्षेत्र निजकैको आवादी क्षेत्रबाट बरामद भएको सबडिभिजन कार्यलय रङ्गपुरका सुबेदार प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो ।