नरेश गुप्ता

बरियारपुर,बाराको बिश्रामपुर गाउँपालिकामा प्रवेश गर्ने सबै मुख्य सडकको ढलान कार्य अलपत्र परेको छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु चुनिएर आएको झण्डै ४ वर्षभन्दा बढी समय भएको र अध्यक्षको कार्यकाल पूरा हुन लाग्दा पनि गाउँपालिका अध्यक्ष अमिरिलाल पालले चासो नदेखाएका कारण बिश्रमपुर गाउँपालिकामा प्रवेश गर्ने मुख्य सडक निर्माण कार्य अधुरो रहेको हो ।

बिश्रामपुर गाउँपालिकाको उत्तरतर्फ ईटियाही तथा दक्षिणतर्फ बिश्रामपुर गाउँपालिकाको वडा नम्बर १ जोड्ने मुख्य सडक नै अलपत्र परेपछि स्थानीयहरु वर्षाको समयमा फेरि पनि सास्ती खेप्न बाध्य हुने नेकपा एमालेको गाउँपालिका प्रत्यासी धर्मदेव यादवले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष अमिरिलाल पालले विकास निर्माण कार्यमा आफ्ना नजिकका मानिसहरु राखेर उपभोक्ता समिति बनाएर करोडौं रकम भ्रष्टाचार गरेको यादवले आरोप लगाउनु भएको छ ।

अध्यक्ष पालको आफ्नै घर पुग्ने र गाउँपालिका जोडने मुख्य सडक पनि कमिसन नपाएपछि अध्यक्ष पालले अलपत्र परेर राखेको स्थानीयले गुनासो गरेका छन । आर्थिक वर्ष ०७८÷०८९ मा बिनियोजित कार्यक्रमहरुको कार्यान्वयन गाउँपालिका अध्यक्ष पाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक पालको मिलोमतोमा हुने गरेको छ ।

विकास निर्माण कार्यदेखि समाजिक विकासतर्फ लक्षित वर्गको बजेटमासमेत अध्यक्ष पालले कमिशन लिने गरेको श्रोतको दाबी छ ।

गाउँपालिकाका विभिन्न वडामा गरिएको नाला निर्माण, ढलान कार्य, वडा कार्यालय भवन र शौचालय निर्माण जस्ता कार्यक्रममा गापा अध्यक्ष पालले आफ्ना नजिकका मानिसहरु राखेर गठन गरेको उपभोक्ता समितिमार्फत करोडौं रकम अनियमितता गरेको स्थानीयले बताएका छन ।

अध्यक्ष पालले फाईदा हुने योजनामात्रै बजेट बिनियोजन गरेकोले बिश्रामपुर गाउँपालिकामा पुग्ने मुख्य सडक अलपत्र परेका हुन ।

Leave a Reply