निजगढ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले देशबाट सबैभन्दा पहिला भ्रष्टचार र भ्रष्टाचारीलाई फाल्नुपर्ने बताउनुभएको छ । निजगढमा शुक्रवार पार्टीले आयोजना गरेको जनसभामा बोल्दै सभापती लामिछानेले आफ्नो पार्टी व्यवस्था फाल्ने पक्षमा नरहेको तर भ्रष्टाचारलाई भने देशबाट फालेरै छोडने जिकिर गर्नुभयो ।‘केही मान्छेहरु काठमाण्डौंमा केके फाल्ने र के ल्याउने भनेर लागेका छन, सभापती लामिछानेले भन्नुभयो, तर हामी अरु फाल्नेभन्दा पहिला देशबाट भ्रष्टचार र भ्रष्टाचारीलाई फाल्न चाहान्छौं ।’भ्रष्टाचारीलाई सजाय दिएर देशलाई भ्रष्टचार मुक्त तुल्याउने कार्यमा नागरिकहरुको पनि सहयोग हुनुपर्ने उहाँको भनाई थियो । पुराना दलहरुबाट भ्रष्टाचार अन्त्य हुन नसक्ने भन्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्न आग्रह पनि गर्नुभयो । ‘पुराना दलको शासनमा बढेको भ्रष्टचारले देश वर्वाद भएको छ, तर तपाईहरु फेरि पनि चुनावमा तिनै दललाई भोट हालिरहनुहुन्छ, उहाँले भन्नुभयो, अनि यो देशमा भ्रष्टचार र कुशासनको अन्त्य कसरी हुन्छ ।’ उहाँले भ्रष्टचारको अन्त्यको लागि आगामी आम निर्वाचनमा जनताले मत परिवर्तन गर्न जरुरी रहेको पनि बताउनुभयो ।सो पार्टीका निजगढ नगर अध्यक्ष रामहरी खरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष डिपी अर्याल, केन्द्रीय सदस्य मनिष झा, अनिल केशरी सिंह, बारा जिल्ला अध्यक्ष चन्दन स्वर्णकार लगायतले बोल्नुभएको थियो । दिउसो २ बजेबाट शुरु हुने भनेर प्रचार गरिएको सभाका सभापती लामिछाने ढिला आएपछि साझ ५ बजेबाट मात्रै शुरु भएको थियो । कार्यक्रममा सर्यौ सर्वसाधारणको उपस्थिति रहेको थियो ।
त्यसैगरी शुक्रवार नै सिम्रौनगढमा आयोजित सभालाई सम्बोधन रास्वपा सभापती लामीछनेले जबसम्म जनताले मत फेर्न सक्दैनन तबसम्म देशको अवस्थामा नफेरिने बताउनुभएको छ । मतदाताले यिनै पुराना दलहरुलाई भोट हालिरहे उनीहरु नै पटकपटक सत्तामा पुग्ने र उनीहरुले आफ्नो बाहेक देश र जनताको पक्षमा कुनै काम नगर्ने बताउनुभयो । उहाँले काठमाण्डौंमा दुर्गा प्रसाईले चलाएको आन्दोलनमा आफ्नो समर्थन नभएको बताउदै तर लघुबित्त र सहकारीबाट पीडित जनताको पक्षमा बोल्ने प्रसाईलाई आफ्नो समर्थन रहेको पनि बताउनुभयो । रास्वपा सिम्रौनगढ नगर कमिटी सभापती साहेब अन्सारीको सभापतित्वमा भएको यो जन सभामा केन्द्रिय नेता मनिष झा, अनिल केशरी, अशोक चौधरी, ममता चौधरी र बारा जिल्ला सभापती चन्दन सर्राफले आफ्नो बिचार राखेका थिए । बारा क्षेत्र न १ को क्षेत्रीय सभापती रजनिश कुमारले स्वागत गर्नु भएको यो सभालाई सन्जिव निरालाले सन्चालन गर्नुभएको थियो ।

Leave a Reply