कृपा संवाददाता
हेटौडा – बागमती प्रदेश सरकारमा एक जना पनि महिला मन्त्री छैनन् । महिला मन्त्री राख्नका लागि प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल पनि सकारात्मक हुनुहुन्न । महिलालाई मन्त्री वनाउनुपर्छ भनेर जताततै चर्चा उठ्ने गरेको छ । तर, प्रदेशको सात जनाको मन्त्रीपरिषद्मा एक जना पनि महिला मन्त्री वनाइएको छैन । महिलाका कार्यक्रममा जांदा चर्का भाषण गर्ने, अधिकारका कुरा गर्ने, ३३ होइन ५० प्रतिशत हरेक स्थानमा महिला सहभागिता गराउनुपर्छ भनेर नथाक्ने पुरुष नेताहरुका अगाडी बागमती प्रदेशमा महिला मन्त्री नवनाउंदा भाषण भने व्यावहारमा देखिएको छैन ।
बागमती प्रदेशका मुख्यमन्त्री पौडेल सहित अरु ६ जना मन्त्री छन् । तर, एक जना पनि महिला मन्त्री नहुंदा सर्वत्र आलोचना भइरहेको छ । सांसदहरुले प्रदेशसभामा महिलालाई मन्त्री वनाउनुपर्छ भनेर आवाज पनि उठाएका छन् । प्रदेशका पुरुष सांसदको तुलनामा महिला सांसद अनुसासित र हरेकजसो प्रदेशसभा बैठकमा आउने गरेका छन् । आफुले पाएको जिम्मेवारी सहजै कार्यान्वयव पनि गर्ने गरेका छन् । प्रदेशसभाको दोस्रो बार्षिक उत्सवका अवसरमा महिला सांसद मात्र पुरस्कृत भएका छन् ।
तर, अवसर पाउने स्थानमा पुरुषलाई मात्र सहभागि गराएको महिला सांसदहरुको गुनासो छ । बागमती प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाल हिजो मात्र नियुक्त हुनु भएको छ । आन्तरिक मामिला मन्त्रीमा शालिकराम जमकट्टेल हुनुहुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, आर्थिक मामिला मन्त्रीमा कैलास प्रसाद ढुङ्गेल हुनुहुन्छ । तर, महिलालाई राज्य मन्त्री समेत वनाइएको छैन ।
प्रदेश सरकार गठन भएको २ वर्ष पुग्दा समेत महिला मन्त्रीका रुपमा मकवानपुरका प्रदेशसभाका सदस्य कुमराी मोक्तानको चर्चा चलेको थियो । तर, प्रदेश सरकार गठन भएको दुईवर्ष वितीसक्दा पनि मोक्तानलाई मन्त्री वनाउने कुनै गृहकार्य भएको छैन । बागमती प्रदेश सरकारमारमा ३३ प्रतिशत सम्म पनि महिला मन्त्री नवनाइदा सवैतिर आलोचनाको विषय वनेको छ । महिलाहरुले पाएको जिम्मेवारी राम्रो संग पुरा गर्ने, भ्रष्टाचार कम हुने, सवैक्षेत्रमा स्वार्थ विना काम गर्ने चलन छ ।
प्रदेशसभाका हरेक वैठकमा पनि महिलाहरुको बाक्लो उपस्थिती हुने गरेको छ । बागमती प्रदेशका सवैजसो महिला सांसदहरुले मन्त्री वनेर काम गर्न सक्षम छन् । तर, बागमती प्रदेशमा महिला मन्त्रालय नभएरपनि महिलालाई मन्त्री नवनाएको हुन सक्ने एक जना सांसदले दुखेसो पोखेका छन् । संघीय सरकार, अरु प्रदेश सरकारमा महिला मन्त्री छन् । तर, काममा खासै अगाडी नवढेपनि भाषणमा हामी हरेक क्षेत्रमा उत्कृष्ट भनेर नथाक्ने सरकारका मुख्यमन्त्री देखि मन्त्री सम्मलाई लाजमर्दो विषय वनेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गर्दा महिलालाई राज्यमन्त्री सम्म वनाउंछन् भन्ने सवैले आकलन गरेका थिए । तर, राज्यमन्त्री सम्म पनि महिलालाई दिइएन । हरेक स्थानमा महिलाहरुको ३३ प्रतिशत भन्दा वडी सहभागिता छ । तर, प्रदेश सरकारमा महिलाको सहभागिता नहुंदा महिला र बालबालिकाको विषयले प्राथमिकता पनि पाएको छैन । संघीय सरकार र स्थानीय सरकार जस्तैगरी विकासका नाममा पूर्वाधार निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ । महिला र बालबालिकाका विषयलाई खासै चासो दिइएको छैन ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले महिला र बालबालिकाको विषयमा वढी काम गर्छ । तर, यस मन्त्रालय अन्तरगत तल्लो तह सम्म महिला र बालबालिकाका कार्यालय छैनन् । स्थानीय सरकारमा महिला साखा छ । तर, काम गर्नमा महिलाहरुको विषयलाई खासै प्राथमिकता पाउंदैनन् । सामाजिक विकास मन्त्रालयमा भएको महिलाको महासाखामा कर्मचारी थोरै भएकै कारण महिलाका विषयमा काम गर्नका लागि थप समस्या भएको छ ।