छिमेकी देश चीनको पर्यटकीय चिनियाँ सहर वुहान यतिबेला नोबल कोरोना भाइरसका कारण आतंकित छ। त्यो आतंकभित्र नेपाली विद्यार्थी पनि परेका छन् । उनीहरू घरभित्र लुकेर बसेका छन्, बाहिर संक्रमणको ‘काल’ घुमिरहेको छ । अरू मुलुकले आफ्ना नागरिक फिर्ता लगिसकेका छन्, तर नेपाल सरकार मौनता सा“धिरहेको छ। उनीहरू आफ्नो मुलुक फर्कने आशामा भौंतारिरहेका छन् । विद्यार्थीहरूले त्यहाँबाट गुहार माग्दै अनेक सन्देश पठाइरहेका छन्। तर सरकार चीर निद्रामा परेको भावभंगिमा देखाइरहेको छ । ‘ट्र्याप’ मा परेका उनीहरूले आफ्नै तवरले आउन सक्ने अवस्था छैन, सरकारले उनीहरूका निम्ति पहल गर्नुपर्ने हो।

 

 

 

 

 

 

 

तर सरकारले फिर्ता ल्याउन चाहिरहेको छैन । हाम्रो सरकार आफ्ना नागरिकको भन्दा चिनियाँ पक्षलाई साथ दिइरहेको छ । हो, भाइरसबाट बच्ने व्यवस्था गरिदिएको होला । तर गगनचुम्बी भवनको ३७औं तलामा एक्लै रहनुपर्दाको अवस्था कस्तो होला ? हाम्रो सरकार मानवीय भावना देखाउन चुकेको छ । त्यही स्थानमा आफूलाई राखेर हेरेको खण्डमा सायद मानवीयपन फर्केला। अन्यथा मानवता हराएको मुलुकको सूचीमा हामी पर्नेछौं ।

 

 

 

 

 

 

 

उदीयमान शक्ति चीन यतिबेला भाइरससँग जुध्दै छ । कोरोना भाइरसका कारण उसको आन्तरिक मामिला मात्र नभएर विश्व राजनीति प्रभावित भएको छ । उसलाई मित्र मुलुकको साथ पक्कै चाहिएको छ । उसले विश्वको साथका लागि याचना गरिरहेको छ । भाइरसले उनीहरूकै आँकडाअनुसार ७५० जनाको ज्यान गइसकेको छ भने ३५ हजार बढी प्रभावित छन् । महामारी नियन्त्रणमा चीन स्वयं अलमल परेको छ । भाइरस पत्ता लगाउन खटिएका चिकित्सकको संक्रमणमा परी ज्यान गएको छ ।

Leave a Reply