अनिल तिवारी
सिमरा – तराई यातायात व्यवसायी संघ सिमराको अध्यक्षमा शंकर कुमार बिष्ट निवार्चित हुनुभएको छ । संघको पाचौ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न शनिवार भएको निर्वाचनमा बिष्ट अध्यक्षमा निवार्चित हुनुभएको हो ।
संघको ३ बर्षे कार्यकालका लागी शनिवार भएको मतदानमा १ हजार एक सय ९६ मत खसेको थियो । बिष्टले आफ्ना प्रतिद्धवन्दि जगरनाथ प्रसाद कल्वारलाई ८३ मत अन्तरले पराजित गर्नुभएको हो । निर्वाचनमा अध्यक्ष विष्टको प्यानलमा वरिष्ट उपाध्यक्ष बाहेक सबै प्यानलमा जीत हात परेको निर्वाचन समितिका बसन्त खतिवडाले जानकारी दिनुभयो । बरिष्ट उपाध्यक्षमा भने हरि अधिकारी ६४७ मत ल्याएर बिजयी हुनुभएको हो ।
यसैगरी समितिको नयाँ कार्यसमितिमा दक्षिणतर्फको उपाध्यक्षमा सुहैल अख्तर अंसारी, उत्तरतर्फको उपाध्यक्षमा बोधराज आचार्य, पुर्वतर्फको उपाध्यक्षमा राजेन्द्र बहादुर अधिकारी , महासचिवमा जीवन कुमार श्रेष्ठ, सचिवमा देव कुमार श्रेष्ठ, सचिव लोकराज पौडेल, कोषाध्यक्ष नारायण प्रसाद घिमिरे, सह कोषाध्यक्ष युवराज न्यौपाने रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा दिलुमाया श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, मदनराज कंसाकार, मनोज यादव, नविन थापा, रामबहादुर कार्की, सुदिप रिमाल, तुफान फारुक अंसारी, उमकेश्वर प्रसाद रौनियार रहनुभएको छ ।