भदौ २४ गते अगाडिसम्म नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको थियो । तर अहिले एमाले न त प्रतिपक्ष छ न त सरकार पक्ष नै । अथवा एकाएक बिघठित प्रतिनिधि सभाको समानुपातिक मततर्फ सबैभन्दा ठूलो दल भएको एमाले यता न उता जस्तो भएको छ । भदौ २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालिन सरकार अपदस्त भएपछि देशमा एमालेले प्रतिगमन देखेको छ र अहिले उसले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
शनिवार यसैक्रममा उसले देशका सबै जिल्लामा जनप्रदर्शन पनि गरेको छ । एमालेको जिल्ला जिल्लाको प्रर्दशन हेर्दा एमाले कमजोर जस्तो देखिदैन यद्यपि प्रदर्शनकै आधारमा कसैको मापन गर्नु उचित नहोला तर एमाले पनि यो देशको एउटा शक्ति हो भन्ने कुरा चैं भुल्न हुदैन भन्ने सन्देश दिएको छ ।
एमालेमा सबै खराब छन भन्न किमार्थ पनि मिल्दैन । केपी ओलीको शासनकालमा बालबच्चाहरुको हत्या भएको छ तर केवल ओलीको पालामा मात्र नागरिक मारिएका पनि छैनन् । जे भएपनि दुईवटा कुरा छ– एक एमाले सरकार बाहिर रहदैमा देशमा प्रतिगमन हुदैन र फागुन २१ को चुनावबाट एमाले भाग्न पनि मिल्दैन । अर्को कुरा सबै घटनाको जिम्मेवार एमाले पनि होइन यो कुरामा पनि स्वतन्त्र रुपमा छानबिन हुनु पर्दछ ।

Leave a Reply