नेपाल देश स्थापना भएको भने बषौं भयो तर आम चुनावको कुरा गर्ने हो भने लगभग अहिलेको पुस्ता नै त्यसमा सहभागी छ । कतिपय त २०१५ को आम चुनावमा सहभागीहरु अहिले पनि हुन सक्छन् । पहिलो पटक नेपालमा त्यहीसमयमा आम चुनाव भएको थियो तर त्यसपछि भने नेपालमा लामो समय स्वतन्त्रपूर्वक चुनाव भएन । मुलुकमा पंचायतकाल लागू भएपछि आम चुनाव भएनन् पंचायत शासकले गरेका चुनाव भए जुन स्वतन्त्र थिएनन् ।

बहुदलीय व्यवस्था आएपछि २०४८ सालमा पहिलो पटक आम निर्वाचन भयो र गणतन्त्र स्थापनापछि भने दोश्रो पटक आज आम चुनाव हुदैछ । यसअघि २०७४ सालमा पहिलो पटक आम चुनाव भएको हो गणतन्त्रकालमा । हुनत २०६४ र २०७० मा चुनाव भएका थिए तर ती भने संबिधान सभाको चुनाव थिए । आम चुनावका लागि आज मतदान गर्ने दिन । यसैपनि यो दिन ऐतिहासिक र महत्वपूर्ण छ ।

धेरैको भविष्य आजैको मतदानबाट फैसला हुने भएकाले पनि यो दिन ऐतिहासिक अवसर पनि हो । आफ्ना जनप्रतिनिधि छनौट गर्ने आज अवसर हो । आज तर्पा, हामीले गर्ने मतदानबाट नै पाँच वर्षका लागि उम्मेदवारहरु छनौट हुनेछन् र शासन सत्तामा रहनेछन् । त्यसैले पनि आजको दिनलाई अवसरको रुपमा लिन आवश्यक छ । यही अवसरबाट नै आगामी पाँच वर्षका लागि मुलुकको दिशा तय हुनेछ । त्यसैले आजको दिनलाई सदुपयोग गर्न आवश्यक छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here