निजगढ,प्रथम नगर स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गतको बुधवारको पाँचौं खेलमा होली एन्जल्स इङ्गलिस बोर्डिङ्ग स्कूल– ९, सार्वजनिक मावि निजगढ ५ बागदेवलाई ५ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको होली एन्जल्स इङ्गलिस बोर्डिङ्ग स्कूलले निर्धारित १६ ओभरमा आफ्नो ७ विकेट गुमाउँदै ९६ रन जोड्ेको थियो । जसमा कप्तान अश्विन अधिकारीले २९ बलमा १८ रनको योगदान गर्दै टिमलाई स्थिर बनाएका थिए भने अरुण चौधरीले २३ बलको सामना गर्दै २३ बलमा १६ रनको योगदान गरे ।
बलिङतर्फ सार्वजनिक माविको लागि दीक्षितले तीन ओभरमा १६ रन खर्चदै ४ विकेट लिए भने रोनिसले ४ ओभरमा १५ रन खर्चदै ३ विकेट लिएका थिए ।जवाफी ब्याटिङमा उत्रेको सार्वजनिक माविका लागि नवीन गौतमले १४ बलको सामना गर्दै २५ रनको योगदान गरे भने सार्थक बन्जाराले आठ बलमा नौ रनको योगदान गर्दा र अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा सार्वजनिक १२.३ ओभरमा ९१ रनमा समेटिएको थियो ।बलिङतर्फ होली एन्जल्सका धोनी शंकर शाहले १२ रन खर्चदै तीन विकेट लिए भने सिवेष चौलागाईंले ७ रन खर्चदै २ वकेट लिएका थिए र अश्विनले १ विकेट लिए ।रोमाञ्चक खेलको म्यान अफ दि म्याचको उपाधि होली एन्जल्सका कप्तान अश्विन अधिकारीले हात पारे । म्यान अफ दि म्याच अधिकारीलाई निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर र र वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामाले मेडल प्रदान गरेका थिए ।



















