पुष्पराज खतिवडा
मन्हर्वा – विहिबार साँझ करिब २ घण्टा सिमरा क्षेत्र आतंकित बन्यो । भारतबाट ग्यास बोकेर नेपाल आएको ML 01 k 5895 नम्बरको ग्यास बुलेटबाट ग्याँस लिक भएपछी बाराको सिमरा क्षेत्र आतंकीत बनेको हो । जितपुरसिमरा उपमहानगरपालिका ३ स्थीत रहेको सूर्य नेपालको उद्योग नजिकै बुलेट रोकी पथलैया विरगजं सडक खण्डको आवागम प्रहरीले बन्द गरेको थियो । संभावित दुर्घटना हुन नदिन आवागम ठप्प पारिएको बारा प्रहरीले जनायो ।
ठुलो मात्रामा ग्यास लिक भैरहेकाले उक्त क्षेत्रका बासिन्दा भने आतंकित बनेका थिए । प्राविधिक बोलाएर ग्यास लिक भएको ठाउँ टाल्ने काम गरी बुलेट पार्किङ्ग गरी अन्य सवारी गन्तब्यमा पठाउने काम केही अघिमात्रै सम्पन्न भएको बाराका प्रहरी वप्रक्ता डिएसपी गौतम मिश्रले बताए । करिब दुई महिना पहिला पनी भारतीय बुलेटबाट ग्यास लिक हुँदा बाराको अमलेखगजं क्षेत्र तनाब ग्रस्त बनेको थियो । ग्यास लिक भएको पाईपछी बुलेट जंगल भित्र लगि ग्यास बन्द गरिएको थियो ।
सामान्यतया बुलेट विष्पोट हुँदैन । सडकको दुराअवस्थाका कारण लामो दुरीको यात्रा यत गरेका बुलेटको ग्यास भर्ने र निकाल्ने भल्व कहिले काँही आफैं खुल्ने गर्दछ । त्यस्तो बेला आवश्यक सावधानी अपनाउँदै प्राविधिक टोलीबाट नियन्त्रण गर्ने गरिएको आयत निगमको अमलेखगजं डिपो प्रमुख प्रदिप यादवले जानकारी दिए ।