कृष्ण मोहन साह

सेढवा – आउदो फाल्गुन ९ गते शिवरात्रीको दिनदेखी लाग्ने एक हप्ते जिराभवानी मेलाको नाममा ठूलो मात्रामा तस्करी भैरहेको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ र २ को दोसादमा लाग्ने जिराभवानी मेला शिवरात्रिको दिनदेखि एक हप्ता मेला लाग्ने गरेको छ ।

 

 

 

 

 

मेलाको नाममा व्यापारीहरुले पर्साको जानकी टोला, पाण्डेपुर , महादेवपटि नाकाबाट कपडा भाडाकुडा ,कस्मेटिक समान र फलफूल चिनी जस्ता समानहरु ट्रेक्टर तथा ट्रकमा बिना भन्सार स्थानीय प्रहरीको मिलोमतोमा भन्सार छली गरि ल्याउने गरेका छन । जसका कारण लाखौ रुपैयाको राजस्व समेत चुहावट हुने गरेको स्थानीयले बताएका छन् ।

 

 

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले भने अबैध रुपमा भन्सार छली गरि मेलाको नाममा समानहरु भित्रीयाउन नपाउने भन्दै आफुले तत्कालै त्यस क्षेत्रका चौकि इन्चार्जहरुको बारेमा अनुसन्धान गरि दोसि भेटिए प्रहरीलाई कार्वाही गर्ने प्रतिबद्धता जनाउनु भयो ।

Leave a Reply