कृपा संवाददाता
कलैया, २५ कार्तिक । बाराको एक मात्र सस्कृत विधालय १८ वर्ष देखि व्यवस्थापन समिति विहिन रहेको थियो । कलैया उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्षको पहलमा व्यवस्थापन समिति गठन गरिएको छ । जनताको अमुल्य भोटबाट आफु जितेको र आफनो चुनावी ऐजेण्डामा शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने भने अनुसार १८ वर्ष देखि व्यवस्थापन समिति विहिन रहेको एक मात्र संस्कृत विधालयमा आफुले व्यवस्थापन समिति गठन गर्न लागेको हो ।
आफनो वडामा रहेको माध्यमिक, निम्न माध्यमिक, प्राथमिक विधालयहरुलाई व्यवस्थित गर्न कुनै सम्झौता नगर्ने वडाध्यक्षले बताए । विधालयमा पठन पाठन व्यवस्थित गर्न र विधार्थीहरुको सुरक्षाको दृष्टिकोणले सिसिटिभिको जडान गरिएको र बाकी रहेका विधालयहलाई चाडै जोडने समेत उनले बताए । टेक्नोलोजि प्रविधि बढे संगै विधार्थीहरुको लागि विधालयमा कम्प्युटरको व्यवस्था गरिएकाो र आवश्यक पर्ने विधालयलाई पहल गर्ने वडाध्यक्ष मंसुरले बताए ।
वडा नम्वर ३ का समाजसेवी रामअस्रे साह कानुको अध्यक्षतामा विधालय व्यवस्थापन समिति गठन भएको छ । भदई राम, चुनी पासवान लगायत ९ सदस्यी विधालय व्यवस्थापन समिति गठन गरिएको हो ।