हेटौंडा – बागमती प्रदेशको भूमि, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय हेटौंडाले व्यावसायीक रुपमा काम गर्ने कृषि फामहरुलाई एक करोड रुपैयाँका दरले अनुदान वितरणका लागि संझौता गरेको छ । प्रदेशका विभीन्न जिल्लामा एकीकृत मोडेल कृषि फार्म विकास तथा विस्तार कार्यक्रम अन्तरर्गत छनौट भएका दश वटा व्यावसायीक फामहरुलाई एक करोड रुपैयाँका दरले अनुदान रकम दिनका लागि संझौता गरिएको हो । कृषि विकास निर्देशनालय हेटौंडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार निजी कम्पनि, समुह, र सकारीलाई ५० प्रतिशत अनुदानमा एक करोड रुपैयाँका दरले उपलव्ध गराइएको कृषि विकास निर्देशनालयका निर्देशक रबिन्द्र बहादुर प्रधानले वताउनुभयो ।
निर्देशनालयले काभ्रेको गोल्डेन फार्म प्रालि, रामेछापको सप्तभुमी एग्रो फर्म एण्ड रिसर्च सेन्टर हेलम्वु, नुवाकोटको मध्यपहाडी कृषि फाम र प्रसिद्ध कफि स्टेट प्रालि, चितवनको केरुङ सामुदायिक तरकारी कृषि फाम, मकवानपुरको जिके कृषि फार्म प्रालि, सिंधुलीको एग्रो कम्पनि प्रालि, धादिङ्गको केवलपुर एग्रो फार्म प्रालि, सिन्धुपाल्चोकको एग्रिकल्चर प्रालि रामेछापको एग्रो एण्ड लाईभस्टक नेपालका लागि एक करोड रुपैयाँका दरले अनुदान रकम दिन लागिएको हो ।
व्यावसायीक रुपमा फार्म दर्ता गरेर काम गर्ने किसानका लागि ५० प्रतिशत अनुदान दिएर काम गर्नका लागि संझौता गरिएको प्रधानले वताउनुभयो । अनुदान प्राप्त गर्ने रकमको आउँदो असार महिना सम्ममा निजी कम्पनि, समुह र सहकारीले काम गरिसक्नुपर्ने छ ।