हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौडामा पनि आजबाट स्वास्थ्य सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाले स्वास्थ्यचौकिको स्थापना गरेर आजबाट सेवा दिन सुरु गरेको हो । स्वास्थ्यचौकीको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडाका गाउँगाउँका नागरिकलाई स्वास्थ्यमा पहिलो प्राथमिकता दिएर सेवा दिन सुरु गरिएको वताउनुभयो ।
स्थानीय सरकारको पहिलो प्राथमिकतामा स्वास्थ्य र शिक्षा रहेकाले हेटौंडाका गाउँगाउँमा समेत स्वास्थ्य सेवा दिनका लागि सुरु गरिएको मेयर महतले वताउनुभयो । पछील्लो समयमा हेटौंडाका प्रत्यक वडामा स्वास्थ्यचौकी स्थापना गर्ने अभियान अनुसार काम गरिएको हो । हात्तीगौडा स्वास्थ्यचौकीबाट सुत्केरी सेवा, परिवार नियोजनका सेवा, सामान्य खालका विरामीको उपचार सेवा दिन सुरु गरिएको उहाँले वताउनुभयो । गाउँमै स्वास्थ्यचौकी खुलेपछी सामान्य खालका स्वास्थ्यसेवा लिनका लागि हेटौंडा अस्पताल सम्म आउनुपर्ने बाध्यता हट्ने छ ।