हेटौंडा – मकवानपुर प्रहरीले २ किलो गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला बेतिया ग्राम वडा नंबर ३० बस्ने वर्ष ३५ को रफिक अन्सारी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
अन्सारी लाई प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ मनहरीबाट हेटौंडा स्थित सडक खण्डमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बि आर २२ डि २५१६ नंबरको भारतिय मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलको ट्याङकी भित्र फल्सबटम बनाई ४ वटा पोका बनाइ ल्याएको २ किलो लागु औषध गाँजा सहित पक्राउ गरेको हो ।
सोमबार राति पक्राउ परेका अन्सारी माथि आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।यसैबीच हेटौंडाबाट सुनको गरगहना र ल्याप्टप चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ बस्ने वर्ष १८ का साजन पराजुली रहेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित गौरी कुमार मैनाली बस्दै आएको घरमा चोरी भएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी टोलीको संयुक्त टोलीले उनलाई उक्त सुनको गरगहना र ल्याप्टप सहित मंगबार हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ स्थित सडक खण्डबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई सुनका गरगहना, ल्याप्टप अं. मुल्य (९७,६१,००० बराबर) सहित पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।