नरेश गुप्ता
बरियारपुर – सुन्दर सान्त नेपाल परियोजनाले बाराको महागढीमाईमा संचालन गरेको कार्यक्रमहरु सम्पन्न भएको छ । जन जागरण युवा कल्ब बाराले बरियारपुरमा आयोजना गरेको सुन्दर सान्त नेपाल परियोजनाले आफ्नो कार्यक्रम सम्पन्न भएको जानकारी गराईएको थियो । महागढीमाई नगर क्षेत्रमा रहेको सीमान्तकृत ,दलित समुदायहरुको जिवनस्तर उकास्न यश परियोजनाले निकै सहयोग गरेको जन जागरण युवा कल्ब बाराको उपाध्यक्ष राजदेव शाहले जानकारी गराए ।
करिब डेढ बर्ष सम्म नगर क्षेत्रमा बसोबास गर्ने सीमान्तकृत बर्ग , दलित सुमुदायको जीवन स्तर उकास्न , सरसफाइ , छात्राहरुलाई स्नेटरी प्याड बितरण , संघियता सम्पन्न अभिमुखिकरण ल्गायतको कार्यक्रम सुन्दर सान्त नेपाल परियोजनाले संचालन गरेको शाहले जानकारी गराए । सुन्दर सान्त नेपाल परियोजनाको अवधारणा समबाद , सहकार्य र प्रभाव अनुरुप यसले अगाडि बढेको र कार्यक्रमहरु स्थानिय तहमा संचालन गरेको समीक गरिएको थियो ।
सुन्दर सान्त नेपाल परियोजनाले बाराको कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा र पर्साको बिरगंज महानगरपालिका र बहादुरमाई नगरपालिकामा यश परियोजनाले आफ्ना कार्यक्रम संचालन गरेको समापन कार्यक्रममा जानकारी गराईएको थियो । सो अवसरमा महागढीमाई नगरपालिकाको नगर उपप्रमुख तारा देबि कानु , प्रमुख प्रशासकिय अधिकृत बिजय प्रसाद कुशवाहा लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।