कृष्ण मोहन साह
सेढवा – पर्सामा दिनप्रतिदीन सम्बन्ध बिच्छेद अर्थात डिभोर्स को घटना हरु बढदै गइरहेको छ । उमेर नुपुग्दै अभिभावकको करकापमा हुने विहे र वैदेशीक रोजगारीका कारण पर्सामा पति पत्नि बिचको सम्बन्ध विच्छेद अर्थात डिभोर्सका घटना वर्षेनी बढदै गएको छ । पर्सा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०/७१ मा सम्बन्ध विच्छेदका ६० वटा मुद्धा मात्र दर्ता भएको थियो । त्यसपछिका हरेक वर्षमा पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढदै गएको छ ।
आर्थिक २०७१/०७२ मा सम्बन्ध विच्छेदका एक सय ३३ वटा र आर्थिक वर्ष २०७२/०७३ मा पर्सा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका एक सय ५१ वटा मुद्धा दर्ता भएको थियाे । त्यसैगरी आर्थिक वर्ष २०७३/०७४ मा सम्बन्ध विच्छेदका एक सय ७९ वटा मुद्धा दर्ता भएको मा गत वर्ष ०७५/०७६ मा नम्बे जना पुरुष र महिला एक सय २२ गरि दुई सय १२ जनाले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकोमा यश आर्थिक वर्ष ०७६/०७७ मा श्रावण एक गतेदेखि ०७६ माघ २७ गतेसम्म पुरुष ५८ र महिला ८४ गरि एकसय ४२ वटा सम्बन्ध बिच्छेदको मुर्दा दर्ता भएको पर्सा जिल्ला अदालतले जनाएको छ ।
छोराछोरीको उमेर नपुग्दै अभिभावकले करकापमा विहे गरिदिएका कारण पर्सामा वर्षेनी सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको पर्सा जिल्ला अदालतका सुचना अधिकारी अक्षय कुमार दनुवार ले जानकारी दिनु भयो । उमेर नपुग्दै अभिभावकको करकापमा विहे गरिन्छ , महिला घरमै बस्छन तर पुरुषहरु अध्ययन वा कामको शीलशीलमा बाहिर बस्छन् , उहाले भन्नु भयो ,‘लामो समय सम्म बाहिर बस्दा पुरुषहरुको अन्य युवती वा महिलासंग सम्बन्ध नजिकिन्छ अनि पुरुषहरु अर्को विहे गर्ने निर्णयमा पुग्छन् , यही कारणले नै अधिकांश सम्बन्ध विच्छेद हुने गरेको छ ।
तराइ मधेशमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुदै गएपछि एकले अर्कालाइ मन नपराउने कारणले सम्बन्ध विच्छेद गर्ने प्रवृति बढ्दै गएको अधिवक्ता वीरेन्द्र यादवले पनि बताउनु भयो ।वैदेशिक रोजगारीका कारण पनि पति पत्नि बिच सम्बन्ध विच्छेद हुने गरेको छ । पति पत्नि बिचको अधिकांश सम्बन्ध विच्छेद कम उमेरमै विहे गर्ने र वैदेशीक रोजगारका कारण नै हुने गरेको अधिवक्ता यादवले बताउनु भयो ।
वैदेशिक रोजगारीमा दुई तीन वर्ष बिताएर घर फर्किएपछि पति पत्निको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्ध बिच्छेद गर्ने चलन बढ्दो रहेको उहाले बताउनु भयो । बैदेशीक रोजगारीमा दुइ तीन वर्ष बिताएर घर फर्कने पुरुषले पत्निको आचरण माथि शंका गर्नु, पति विदेशमै रहेका बेला पत्निको परपुरुषसंग सम्बन्ध जोड्नु जस्ता कारणले गर्दा पनि पर्सामा सम्बन्ध बिच्छेद गर्ने दम्पतिहरुको सख्या दिन प्रति दिन बढदै गएको अधिवक्ता यादवको तर्क छ ।