सिमरा –  बुधबारको दिन ”स्वर्णिम युगको लागि परमातम शक्ति ”बिषयिक कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले सम्पन गरेको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक परम आदरणीय राज दादि ज्युको सभापतित्वमा रहेको उक्त कार्यक्रममा पुर्व राज्य मंत्री,ने.क.पा.पार्टीका केन्द्रिय सदस्य तथा क्षेत्र न ;३ का प्रदेश सभा सदस्य ज्वाला साहको प्रमुख आतिथ्य रहेको थियो ।

 

 

 

 

 

 

 

समाजका बिभिन बर्गका व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बरिष्ठ समाजसेवी मदन बहादुर क्षेत्री ,मुकुन्द बहादुर क्षेत्री ,संकठा पाठक, मधुकर अधिकारि ,नेपाल बिधुत प्राधिकरण सिमराका प्रमुख रोहिणी पौडेल ,माधव त्रिपाठी ,इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरी ,हुलास स्टिलका प्रबन्धक जवाहर लाल आर्य ,महिला नेत्री निरु रायमाझी ,राधा देबी साह लगायत अन्य थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

कार्यक्रममा आउनु भएको सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी संचालिका ब्रह्माकुमारी मधु दिदीले यस इशवरिय निमन्त्रणलाइ स्विकारी आउनु भएको सम्पूर्ण अतिथिको लागि आफु धेरै हर्षित रहेको र यहाको उपस्थितिले कार्यक्रमको उचाई बढेको बताउनु भयो ।कार्यक्रममा नेपाल काठमाडौँ बाट पाल्नु भएका बरिष्ठ राजयोग प्रशिक्षक रामसिङ्ग एर भाई जीले बर्तमान समय सबैले इश्वरको खोजि गरेको र उनै इश्वर बर्तमान समय यस सृष्टि धरामा आएको बताए ।

 

 

 

 

 

 

बिरगंज सेवा केन्द्र बाट पाल्नु भएका बिरगंज सेवा केन्द्रका क्षेत्रीय संचालिका ब्रह्माकुमारी रबिना दिदीले अध्यात्मिकताको लागि राजयोग अनुभूतिको अभ्यास गराई योग कमेनट्री गराउनु भयो ।अत्यन्त सुन्दर कविता रामकाजी भाइ जीले राख्नु भएको र उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्वाला साह ज्युले सबैलाई शान्तिको सहि मार्ग देखाउने ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रहेको बताए ।ब्रह्माकुमारी सस्था एउटा आदर्श सस्था रहेको र यस्ता पबित्र स्थानमा आउदाभाग्य शालि रहेको बताए ।

 

 

 

 

 

सबैको लागि इश्वर र एक इश्वरबाट एक संसार स्थापना हुने कुरा यस सस्थाले गरेको प्रमुख अतिथिले आफ्नो अभिव्यक्ति राख्नु भयो ।नेपालका निर्देशक परम आदरणीय राज दादि ज्युले ब्रह्माकुमारी सस्था परमात्मा द्वारा स्थापना भएको र बिश्व परिवर्तन गर्ने स्यम शिव परमात्माले नारी शक्तिलाई अगाडी राखी यस अभियानलाई अगाडी बढाएको बताउनु भयो ।

 

 

 

 

 

कार्यक्रमको फुल गुच्छा एवं माला द्वारा स्वागत ब्रह्ममारी ममता दिदीले गर्नु भएको थियो भने निरत्य द्वारा स्वागत बहिनि आकृति त उदघोषक ब्रह्मकुमार परमेश्वर भाइजीले गर्नु भयो भने ब्रह्माकुमार सन्तोष भाइजीले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here