कलैया,साहस नेपालको आयोजनामा बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणीधाम मेलाको उपलक्ष्यमा साहस नेपाल र गढीमाई साझेदारी वन व्यवस्थापन समितिको सहयोगमा भएको रक्तदान काार्यक्रममा एक महिलासहित २५ जनाले रगत दान गरेका थिए ।गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया बाराका अध्यक्ष रामएकबाल साह तेलीको अध्यक्षता तथा डिभिजन वन कार्यालय बाराका प्रमुख राजिवकुमार झाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा वन अधिकृत ललन राउत कुर्मी, वडा अध्यक्ष बिगन दासलगायतको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply