कलैया,जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र कार्ड वितरण गर्ने समय तालिका फेरि परिवर्तन गरेको छ।बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले सोमवार एक सूचना जारी गरी यसबारे जानकारी दिनुभएको हो । सूचनामा मंगलवारदेखि लागु हुने गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७ः३० बजेदेखि साँझ ७ः०० सम्म प्रवाह हुने जनाइएको छ।
विगत केही दिनदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेको हुँदा सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समय परिवर्तन गरिएको सूचनामा जनाइएको हो।
















