वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमवार कार्यभार सम्हाल्नुभएको छ । चितवनबाट सरुवा भई आउनुभएका एसपी मिश्रले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो ।
एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतका प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाको आधारमा आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाउँदै माताहतका प्रहरी जवान र अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।
एसपी मिश्रले यसअघि २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा कार्य गर्नुभएको थियो । सोही कार्यकालमा उहाँले विभिन्न दाताहरूको सहयोगमा भाडाको भवनमा सञ्चालनमा रहेको कार्यालयलाई निजी भवन निर्माण गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याउनुभएको थियो । उहाँले यसअघि जिल्ला प्रहरी कार्यालय बारामा पनि प्रहरी नायब उपरीक्षकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।एसपी मिश्र चितवनमा सरुवा भएको दुई महिनामै पर्सा जिल्लाको नेतृत्वका लागि नियुक्त हुनुभएको हो ।



















