निजगढ,जीतपुरसिमरा उपनगपालिकाको वडा नम्बर १६ टाँगियाबस्तिस्थित शान्ति आधारभूत विद्यालयमा ६ कोठे ट्रस्ट भवनको शिल्यान्यास गरिएको छ । साथी नेपाल संस्थाको आर्थिक र जीतपुरसिमरा उपमहानगरपालिकाको प्राविधिक सहयोग र वडा कार्यालयको समन्वयन निर्माण हुने सो भवनको बारा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य रबिन्द्रदास श्रेष्ठले बुधवार एक कार्यक्रमबीच शिल्यान्यास गर्नुभएको हो ।
स्थानीय अभिभावकहरुको अनुरोधमा साथी नेपाल नामको गैह्सरकारी संस्थाले ट्रस्ट भवन निर्माणमा सहयोग गरेको स्थानीय समाजसेवी रमेश सापकोटाले जानकारी दिनुभयो । उहाँले ६ कोठे ट्रस्ट निर्माण भएपछि विद्यालयको पठन पाठनमा थप सुधार आउने बताउनुभयो ।शिल्यान्यास कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेल, नेकपा एमालेका मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल, जीतपुरसिमरा नगरकार्यपालिका सदस्य पबित्रामाया कार्की, संस्थाकी अध्यक्ष सरिता सापकोटालगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
















