नेपाल भूमाफियाहरुको चंगुलमा फसेको आभास गर्न सकिन्छ । काठमााडौंको ललिता निवासदेखि बाराका जिल्लाको बिभिन्न सार्वजनिक जग्गाहरु धमाधमा बिक्री बितरण हुनुले पनि नेपाल भूमाफियाको चंगुलमा परेको स्पष्ट हुन्छ । हुनत बारा जिल्लाको कुरा गर्ने हो भने जग्गा खरिद बिक्रीको सवालमा बाराले बद्नाम कमाएकै हो । बाराको खोलानालाहरु पनि कतिपय अवस्थामा बिक्री भएको पाइएको छ ।

 

 

 

 

 

 

पछिल्लो समय बाराको एक होटलमा बसेर भूमाफिया गिरोहले चलखेल गरेको पाइएको छ । सार्वजनिक जग्गा नै ब्यक्तिको नाउँमा गरेको कुरा आएको छ । वास्तवमा सार्वजनिक जग्गा ब्यक्तिको नाउमा आउनु वा ल्याइनु आफैमा कानुनतः अपराध हो । यस्तो अपराधमा संलग्नलाई कारवाही गर्नुपर्नेमा कारवाही गर्नेहरुले नै अपराध गरेको पाइएको छ ।

 

 

 

 

 

 

यो मुलुकको मुख्य समस्या भनेको यही नै हो । कानुन कार्यान्वयन गर्ने निकाय नै गैर जिम्मेवार बनिदिएका कारण पनि समस्या सृजना भएको हो र भूमाफियाहरुले चलखेल गर्ने ठाउँ पाएका हुन् । यो चलखेल अन्त्यका लागि सरकारी स्तरबाट बारामा समेत प्रयास ह्न आवश्यक छ । जनप्रतिनिधिहरु समेत सचेत बन्न आवश्यक छ ।

Leave a Reply