सिमरा,पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत रहेको जनहित उपभोक्ता समितिको अध्यक्षमा पुनः अमृतलाल श्रेष्ठ विजयी हुनुभएको छ । बिहीवार समितिको सभाहलमा आयोजित चौथों अधिवेसनबाट श्रेष्ठ अध्यक्षमा पुनः निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा अमृतलाल श्रेष्ठले ७ मत ल्याएर आफ्नो प्रतिव्दन्दी मधुसुधन सिटौलालाई पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

तिन कार्यकाल सफल अध्यक्षको रुपमा आफ्नो पहिचान बनाउन सफल अध्यक्ष श्रेष्ठलाई मध्यवर्ती क्षेत्रका सदस्यहरुले चौथो कार्यकालको लागि अध्यक्ष बनाएका हुन् ।

यसैगरी संस्थाको उपाध्यक्षमा ताराबहादुर कार्की, सचिवमा पेशलकुमार मुल्मी, कोषाध्यक्षमा मिठु लामा सर्वसम्मत रुपमा चयन हुनुभएको हो भने सदस्यहरुमा डिल्लीबहादुर थापा, नलिन्द्रबहादुर थापा, गंगा कार्की, विष्णुप्रसाद अर्याल, पदमबहादुर बस्नेत, शर्मिला तामाङ्ग, फईजुलहक अंसारी, मधुसुधन सिटौला, सोभा लामा रहनुभएको जनहित उपभोक्ता समितिका कार्यालय प्रमुख राजनकुमार न्यौपानेले जानकारी दिनुभएको छ ।

यता आफुलाई अध्यक्ष चयन गरेकोप्रति श्रेष्ठले सबैलाई धन्यवाद दिनुभएको छ । ३ कार्यकाल सबै सदस्यहरुको हितमा काम गरेको र फेरि पनि आफुले पाएको जिम्मेवारी बहन गर्न कुनै कसर बाँकी नराख्ने उहाँले जानकारी गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here