दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका खोपवामा दलित जनजाति उत्थान केन्द्र कलैया बारा आयोजना र सीएफएलआई÷एफसीआईएको सहयोगमा लैङ्गिक समानता तथा समावेशीकरण लेखा परीक्षण प्रतिवेदन तयारी सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ.।

गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राँयको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यपालिका सदस्य रेणु देवी कलवार वडा नम्बर २ का वडा अध्यक्ष जोगिन्द्र साह कलवार वडा नम्बर ३ का वडा अध्यक्ष उमेशप्रसाद साह वडा नम्बर ४ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता समेत रहुनुभएका पन्नालाल साह, वडा नम्बर ५ को वडा अध्यक्ष मनेजर चौधरी वडा नम्बर ६ का वडा अध्यक्ष निरजकुमार साह गाँउपालिकामा कार्यरत विभिन्न शाखाका प्रमुखहरु कर्मचारी, वडा सदस्य स्थानीय महिला तथा जनप्रतिनिधिहरु, सुरक्षाकर्मी सञ्चारकर्मीहरु लगायतको सहभागीता रहको थियो ।

Leave a Reply