सिमरा,पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकप्टर सोमवार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । रौतहटको गौरमा पार्टीले आयोजना गरेको सभामा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछि अध्यक्ष ओली चढेको हेलिकप्टर दिउसो २.४५ बजे सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । मौसम खराब भएपछि अध्यक्ष ओली सवार सिम्रिक एयरको हेलिकप्टर करिव ४५ मिनेट सिमरा विमानस्थलमा रोकिएको थियो ।

हावाहुरीसंगै अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछि हेलिकप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ । हेलिकप्टरमा अध्यक्ष ओलीसहित उहाँका सहयोगी सवार रहेका थिए । आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओली सिमरा विमानस्थलको विशिष्ट कक्षमा बस्नुभएको थियो ।

ओलीको आकस्मिक अवतरणपछि जीतपुरसिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारीलगायत एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका थिए । मौसममा सुधार आएपछि दिउसो ३.२५ बजे ओली सिमराबाट गौरतर्फ लागेको एमाले नेता मनोज पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here