सिकिन्द्र साह
सिम्रौनगढ – बारा जिल्लाको पचरौता नगरपालिकाको कार्यलय बेनौलीमा हातिपाइले रोग विरुद्धको आम औसधि सेवन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पचरौता नगरपालिकाको नगर प्रमुख रमेशकुमार यादव वार्ड अध्यक्ष मनोज यादव लगायत सम्पुर्ण जनप्रतिनिधि तथा क्रमचारिहरुले सामुहिक रुपमा एक ठाउमा भेला ठाउमा बसेर औसधि सेवन गरेका थिए।
कार्यक्रममा नगर प्रमुखले बोल्दै जनप्रतिनिधि तथा तथा क्रमचारी लगायत पचरौता बासी समेत कुनै ब्यक्ती नछुटने गरि सबैलाई हातीपाइलेको रोग विरुद्धको औसधि खुवाउन आति आवशयक रहेको छ। २०७६ माघ २५ गते देखि सुरु भएको औसधि सेवन कार्यक्रममा सहभागी भएर औसधि खानु अति आवश्यक रहेको छ भने समेत बताएका थिए। कार्यक्रममा स्वस्थ संयोजक नवल यादव प्रमुख प्रसास्किय अधिकृत रेस्म बहादुर सिंह रामबलक यादव लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थिए।